ए बतास !
किन चलेको त्यस्तरी ?
मुटुमा चिसो भासिने गरि
रगत जम्ने गरि
नाकको डाँडी भाच्चिने गरि
आँखामा आँसु आउने गरि
भो बतास,यता यसै चिसो पसेको छ,
जाडो बढेको छ !

बरु अन्तै जाउ,तिम्रो वेग पहाडमा रोक
सितल हावा बनाउ,रेसमी कपाल उडाउ !
पोलिरहेको मनमा सितल देउ
बढारी फ्याक्ने कसिङ्गर उडाउ,
ए बतास यता नआउ !
यसै मनमा चिसो पसेको छ !
मौसम शुन्य मा झरेको छ !!

राई दाई
हाल दक्षिण कोरिया