सिओल (दक्षिण कोरिया) – ‘नेपाली भाषा साहित्यको विकास र विस्तारका लागि’ भन्ने नाराका साथ नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाको आयोजनामा बृहत साहित्य मेला हुने भएको छ ।

माघ २७ गते (अंग्रेजी क्यालेन्डरको फेब्रुअरी १० तारिख) हुन लागेको कार्यक्रममा जीवन खत्री, दिपा राई, बिजयता भण्डारी, सरोज सर्वहारा, राज विर्सजन, डिएनके कुवर, शुसिल अर्याल, प्रचण्ड सापकोटा र विवेक रिजाल लगायतका सहित्यकारहरुले कविता गजल तथा मुक्तक वाचन गर्नेछन् ।

दक्षिण कोरियामा रहेका नेपाली सहित्यकारहरुको उपस्थिती रहने उक्त कार्यक्रम दक्षिण कोरियाको व्यस्त शहर दोङदेमुनमा हुने भएको हो।