सोल – ‘नेपाल मुक्तक प्रतिष्ठान’ दक्षिण कोरिया शाखाको आयोजनामा कोरियाको दोङ्गेमुनमा बृहत साहित्य मेला हुँदैछ।

कोरियन नयाँ वर्ष सलनालको अवसरमा हुन गइरहेको साहित्यिक कार्यक्रममा कोरियामा रहेका नेपाली साहित्यकारहरूले आफ्नो रचना वाचन गर्नेछन् ।

कोरियाका लागि नेपाली राजदूतावासका द्वितीय सचिवको उपस्थिति रहने कार्यक्रममा राधेश आचार्य, सुधाकर दाहाल, ह्यारी बोण्ड, तिलता मगर, गौतम सिद्धान्त, दिनेश राई, डीइबी सिकारु लगायतका साहित्यकारहरूको धमाकेदार प्रस्तुति रहनेछ।

दिउँसो १२:३० बजेदेखि सुरु हुने कार्यक्रमका लागि दोङ्गेमुन स्थित शुभेक्षा रेस्टुरेन्टले आफ्नो हल उपलब्ध गराएको हो। कार्यक्रममा उपस्थित इच्छुक स्रष्टाहरूले मुक्तक, गजल, कविता, हाइकु लगायतका रचना वाचन गर्न सक्नेछन्