सिओल (दक्षिण कोरिया) – नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको आयोजनामा ‘बृहत् साहित्य मेला २०२६’ राजधानी सिओलमा सम्पन्न भएको छ ।
मुक्तककार रामचन्द्र शर्माका चोटीला मुक्तकहरुले मन्त्र मुग्ध पारेको कार्यक्रममा कवि सेसेफुङ शेर्मा तथा गजलकार भीषण माहिलाको प्रतुतीले अझै रौनक थपेको थियो । साथै कार्यक्रममा उपस्थित जीवन भण्डारी, रुसन सुवेदी, दीप प्रदिप कुमार, रुद्र कँडेल, मनोज पौडेल, मिलन शर्मा बस्याल, सन्देश पौडेल, प्रेम नारायण पाण्डे, दिपक स्पन्धन, चन्द्रकला राना मगर लगायतका सर्जकहरूले आफ्ना रचना वाचन गरेका थिए ।
सयौं साहित्यप्रेमीहरुको उपस्थिती रहेको कार्यक्रमलाई सुभेच्छा रेस्टुरेन्टले आफनो हल दिएर सहयोग गरेको थियो ।
निर्दोष शिवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदूतावासका नियोग उपप्रमुख निर्मल प्रसाद भट्टराईको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा मुक्तककार सरु लामिछानेको मुक्तक सङ्ग्रह भीरको फूलको विमोचन गरिएको थियो। ‘नेपाली भाषा साहित्यको विकास तथा विस्तारका लागि’ नेपाल मुक्तक प्रतिष्ठानले हरेक वर्ष ‘बृहत साहित्य मेला’को आयोजना गर्ने गरेको छ ।










