सिओल – दक्षिण कोरियाको व्यस्त सहर थुङ्देमुनमा शोक सभा गरिएको छ।
यही भदौ २३ र २४ गते देशमा व्याप्त भ्रष्टाचार व्यतिथि विसङ्गति विरुद्धमा सडकमा उत्रिएका जेएनजीहरुलाई तत्कालीन सरकारद्वारा गरिएको दमनमा परि सहादत प्राप्त गरेका वीर शहीदहरूप्रति श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।
सम्पूर्ण प्रवासीहरु मिलेर सहादत प्राप्त गरेका जेन-जीहरूप्रति मैनबत्ती बालेर उनीहरूको आत्मा शान्तिको कामना गरी एक मिनेट मौन धारण गरिएको थियो ।
शोकसभामा उपस्थित प्रवासीहरूले अब देशले यस्तो विषम परिस्थितिको सामना गर्न नपरोस् भनेर प्रार्थना गरेका छन्।









