गोरखा – मझुवा देउराली-मनकामना सडक खण्ड अन्तर्गत सहिद लखन गाउपालिका-३ घोर्लेस्वारामा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-४ का शोभाकर गैरेको मृत्यु भएको हो । शनिवार पूर्वी नवलपरासीबाट मनकामना आउँदै गरेको ग १ च ७६१९ नम्वरको स्कारपियो उकालो चढ्न नसकेर पछाडि सर्दा अनियन्त्रित भएर नालीमा पल्टिएको थियो ।

दुर्घटनामा गैरे घाइते भएका थिए । उनको उपचारका क्रममा तनुहँको आबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा मृत्यु भएको गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चालक बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।