काठमाडौं – आज सुनको भाउ बढेको छ । सुनको भाउ आज मंगलबार तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुन तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज बढेर तोलाको २ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै आज चाँदीको भाउ घटेको छ । हिजो तोलाको ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर तोलाको ३ हजार ६७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।