काठमाडौं – काठमाडौं महानगरपालिकाको स्वतन्त्रतर्फबाट मेयरका उम्मेदवार वालेन्द्र साहले ६,२०७ मत ल्याएर अग्रता बनाइरहेका छन् । नेकपा एमालेको तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले ३,२४३ मत प्राप्त गर्दै साहलाई पछ्याइरहेका छन् ।

त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २,८८५ मत प्राप्त गरेकी छन् ।

यसैगरी काठमाडौंको उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले ५,८४४ मत प्राप्त गरेकी छन् भने उनलाई गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १,६०९ मत प्राप्त गरी पछ्याइरहेका छन् ।