सउल – दक्षिण कोरियाको इथेवनमा हेलोवीन मनाउन ठूलो भीडको बीचमा एक्कासी भएको भागदौड र कुटपिटका क्रममा १४९ भन्दा बढी व्यक्तिको दुखद मृत्यु भएको र सयौं ब्याक्तीहरु घाइते भएको अधिकारीहरूले बताएका छन्।


पछिल्लो घण्टामा मृत्यु हुनेको संख्या आज आइतबार बिहान ७ बजेसम्मको विवरण अनुसार १४९ पुगेको छ भने स्थानीय मिडियाले थप १०० जना भन्दा बढि घाइते भएको रिपोर्ट गरेका छन्।


भागदौडको क्रममा निस्सासिएर धेरैको मृत्यु भएको र केहीलाइ निस्सासिएर हृदयघात समेत भएको कोरियन न्युज एजेन्सीले बताएका छन ।


के कारणले भागदौड र कुटपिट भएको हो भन्ने बिस्तृत थाहा हुन सकेको छैन । कोरियन सुरक्षा अधिकारीहरुले घटनाको बिस्तृत र सुक्ष्म कारण संकलन गरिरहेको बताएका छन ।