काठमाडौं – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ ।

हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि पहिलो कारोबार दिन अस्ति आइतबार सुन तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । हिजो तोलाको ३ हजार ९९५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर ३ हजार ९७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।