काठमाडौं – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज तोलामा २ हजार १०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा २ हजार ६०० रुपैयाँले बढेर ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ७९५ रुपैयाँ पुगेको छ ।

शुक्रबार चाँदी तोलामा १५० रुपैयाँले बढेर तोलाको ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।