काठमाडौं – सुन आज तोलामा ५ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।