काठमाडौं – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पहिरो खसेर खोलाको बहाव थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।
महाकुलुङ गाउँपालिका वडा नं. २ र ४ वडामा रहेको हुङ्गा खोलामा आज बिहान ७ बजेतिर ठूलो पहिरो खस्दा नदीको बहाव रोकिएर ड्याम अर्थात कृत्रिम ताल बनेको हो ।
पहिरोका कारण खोलामा करिब १५ मिटर अग्लो ड्याम भनेको भन्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले हुङ्गा खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित ठाउँमा जान अनुरोध गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दूधकोशी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अपनाउन भनेको छ ।













