काठमाडौं – स्पेन र अर्जेन्टिनाबीच आज राति पौने १ बजे हुने फिफा विश्वकप फुटबल फाइनलको ‘हाफ–टाइम’ अर्थात् मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ ।
यसको कारण ‘सुपर बाउल’ शैलीको ११ मिनेट लामो प्रस्तुति हो जसमा म्याडोना, शकिरा, जस्टिन बिबर र के–पप ब्वाई ब्यान्ड ‘बीटीएस’ ले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन् । यो कार्यक्रम न्युयोर्क–न्यु जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ ।
मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफअघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण ‘हाफ–टाइम’ २५ मिनेटभन्दा लामो हुन सक्छ ।
फिफाले यो कार्यक्रम झन्डै २० मिनेटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षहरूका कारण सो समयसीमा लम्बिन सक्ने बुझिएको छ । यदि विश्रामको अवधि अनुमान गरेभन्दा लम्बियो भने खेलाडीहरूले कुनै न कुनै प्रकारको वार्म–अप गर्नुपर्ने सम्भावना हुन्छ ।
इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड ९आईएफएबी० द्वारा सञ्चालित खेलका नियमहरूअनुसार खेलाडीहरूले १५ मिनेटभन्दा धेरै विश्राम पाउँदैनन् ।
फिफाद्वारा नै आयोजित र न्यु जर्सीमा सम्पन्न गएको वर्षको क्लब विश्वकपको फाइनलमा कोल्डप्ले, जे बाल्भिन, डोजा क्याट, टेम्स र इमानुएल केलीको प्रस्तुतिका कारण हाफ–टाइम २४ मिनेट लामो भएको थियो ।













