काठमाडौं – फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डलेले फ्रान्सविरुद्ध तीन गोलको अग्रता लिएको छ ।

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको ३७ औं मिनेटमा इंग्ल्यान्डले तीन गोलको अग्रता लिएको हो । बुकायो साकाले शानदार गोल गर्दै इंग्ल्यान्डलाई अगैता दिलाएका हुन् ।

यसअघि १८औं मिनेटमा एन्जी कोन्शाले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै खेलको तेस्रो मिनेटमा डेक्लान राईसले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए ।