काठमाडौं – अमेरिकी सेनाले लगातार दोस्रो रात पनि पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप ९० वटा सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ । योसँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका १७० वटा सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौसैनिक क्षमता लगायतलाई मुख्य लक्ष्य बनाइएको थियो ।
इरानी सञ्चारमाध्यमका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् । इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत २ रातमा १४ जनाको ज्यान गएको छ ।
यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ । यो घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्धविराम सङ्कटमा परेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्धविरामको प्रभाव समाप्त भएको सङ्केत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो ।
यसअघि इरानले ओमानको तट नजिकै व्यापारिक जहाजहरूलाई निशाना बनाएपछि अमेरिकाले हिजो इरानका सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो । एजेन्सी













