काठमाडौं – बेलायती प्रधानमन्त्री किअर स्टार्मरले सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नुभएको छ । लन्डनमा रहेको ‘डाउनिङ स्ट्रीट’ बाहिर सम्बोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नुभएको हो ।

स्टार्मरले आफूले पदमा रहँदा गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले पार्टीबाट नयाँ नेता नचुनिएसम्म पदमा रहने पनि बताउनुभयो ।

गएको हप्ता उपचुनावबाट सांसद चुनिनुभएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी हुने ठानिएको छ । तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको उत्तरार्धसमम पर्खिनुपर्नेछ ।

सन् २०२४ मा लेबर पार्टीलाई आमचुनावमा विजय गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो । एजेन्सी