काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा क्षेत्रलाई रुसमा गाभ्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।

यसै साता मात्रै रुसका दुवै सदनबाट युक्रेनको डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिजिया क्षेत्रलाई रुसमा गाभ्ने विधेयक पारित भएको थियो ।

युक्रेन र पश्चिमा मुलुकले भने यी क्षेत्र रुसमा गाभ्ने विषयमा आपत्ति जनाउँदै आएका छन् ।