काठमाडौं – शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५.३० अङ्कले घटेर २ हजार ५९४.२७ विन्दुमा झरेको छ ।
आज विकास बैंक र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १८६ वटा कम्पनीको शेयर घटेकोमा ७९ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन सर्वोत्तम पेन्ट्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब २३ करोडको कारोबार भएकोमा आज ३५७ वटा कम्पनीको १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।













