काठमाडौं – विश्वभर जाडरक्सी खाएर बर्षेनी झन्डै ३० लाख जना मानिसको ज्यान जाने गरेको पाइएको छ । सन् २०१९ को आँकडा अनुसार २६ लाख जना मानिसको मृत्यु जाडरक्सी खाएका कारण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो केही वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको डब्लुएचओको भनाइ छ । जाडरक्सी र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा विभिन्न कारण हुने २० वटा मृत्युका घटनामा एक जनाको जाडरक्सीको कारण हुने गरेको बताइएको छ ।
सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा जाडरक्सी खाएका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ । एजेन्सी










