काठमाडौं – इजरायलले प्यालेस्टाइन–इजिप्ट सीमा क्षेत्र दक्षिणी रफाहको अल–अवदा कब्जा गरेको छ । अल–अवदालाई रफाह शहरको प्रमुख ठाउँ मानिन्छ ।

यो क्षेत्र बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट महत्त्वपूर्ण छ । इजरायली सेनाले सीमाको दक्षिणी भागमा झन्डै आधा किलोमिटर क्षेत्र कब्जा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली सेनाले रफाह शहरबाहेक उत्तरी र मध्य गाजामा पनि सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा ४६ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको र एक सय १० जनाभन्दा धेरै घाइते भएको जनाएको छ ।