सउल – दक्षिण कोरियामा आगामी बर्ष २०२३ का लागी श्रमिकको तलव ५ प्रतिशतले बढ्ने भएको छ।आगामी वर्षको न्यूनतम एक घण्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने निर्णय भएको हो।
बुधबार राती बसेको बैठकमा श्रमव्यवसायी र सर्वसाधारणबाट ९/९ सदस्य रहेको न्यूनतम ज्याला निर्धारण समितिले निर्णय गर्दै आगामी बर्षका लागी श्रमिकको ज्याला ५ प्रतिशतले वृद्दी गर्ने भएको हो।यससंगै २०२३ जनवरी देखी श्रमिकले मासिक तलब २० लाख १० हजार ५८० वोन पाउने भएका छन।यो कोरियाका सबै उद्योगहरूमा समान रूपमा लागू हुनेछ।
नयाँ ज्याला जनवरी १, २०२३ देखि लागू हुनेछ।
पुर्व मुन जे ईन प्रशासनले न्यूनतम पारिश्रमिक २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ र २०२१ मा सबैभन्दा कम १.५ प्रतिशत र २०२२ मा ५.१ प्रतिशतले बढाएको थियो । आगामी वर्षको न्यूनतम एक घण्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन निर्धारण भएको हो।












