काठमाडौं – केहीबेर पानी पर्नासाथ काठमाडौं उपत्यकाका सडक जलमग्न हुनु सामान्य जस्तै भइसकेको छ । पानीको उचित निकास नहुँदा सडकमा पानी जम्ने र सवारी साधन फस्ने गरेका छन् ।
यस्तै दृष्य आज पनि बागमती करिडोर अन्तर्गत ललितपुरमा देखियो । सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा टाटा पिकअप भ्यान फसेको छ । गाडी पानीमा आधा डुबेको देखिन्छ । को २ च २२०९ नम्बरको उक्त गाडी झापाबाट कुरियरका सामान बोकेर आएको थियो ।
यहाँ पानीको उचित निकासको व्यवस्था नभएकाले वर्षाको बेला प्राय पानी जम्छ र सो सडक हुँदै हुँदै यात्रा गर्नेहरुले यसैगरी दुःख पाउँछन् । पानीमा फसेको उक्त गाडीलाई अहिले बाहिर निकाल्ने प्रयास भइरहेको छ । स्रोत : अनलाइनखबर













