काठमाडौं –  रामेछापको दुई मतदान केन्द्रमा हवाई फायर भएको छ ।

सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले अनलाइनखबरलाई बताए ।

सुनापतिको वडा नं। २ मा मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछितनाव सुरु भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको पहाडीले बताए ।

ठाडादेवी गाउँपालिकाको वडा नं। १ मा चाहिँ अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको उनले बताए ।