काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेपछि आनन्द महसुस गरेको प्रतिक्रिया दिएका छन् ।

मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो सबै प्रतिवद्धता पूरा गर्ने बताए । उनले मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह पनि गरेका थिए ।

‘मतदान गर्ने, मौनमा बस्ने, आकाशतिर हेरेर,’ उनले भने, ‘आजका दिनमा म मतदाता प्रभावित गर्दिनँ ।’

आफू कमलको फूलजस्तै फुल्ने बताए । ‘हिलो छ, गड्यौला छ र पनि फुल्छु,’ उनले भने ।