काठमाडौं – चर्चित गायिका अनु चौधरीले आफ्नो जन्मदिन बाल आश्रममा मनाएकी छिन् । उनले नँया काठमाडौंको सँगम चोकमा अबस्थित बाल आश्रममा केक काटेर जन्मदिन मनाएकी हुन् ।
उनले जन्मदिनको अवसरमा नेपाल बाल सेवा फाउन्डेसनका अनाथ बाल-बालिकाहरुलाई शैक्षिक समाग्री पनि वितरण गरेकी थिइन् ।














