काठमाडौं – एनओएम क्रिएसन (nomcreation)को प्रस्तुतिमा सार्वजनिक भएको तीज गीत ‘तीजको लहर’ बाट प्राप्त हुने सम्पूर्ण डिजिटल आम्दानी रसुवाका बाढीपीडितको राहतका लागि उपलब्ध गराइने भएको छ।

हालै रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा सहयोगका लागि गीतबाट हुने डिजिटल आम्दानी प्रदान गर्ने निर्णय गरिएको हो। एनओएम क्रिएसन (nomcreation) तथा च्यानलका सञ्चालक एवं गीतका लेखक रोशनराज भट्टराईले ‘तीजको लहर’बाट प्राप्त हुने सम्पूर्ण डिजिटल कमाइ रसुवाका बाढी प्रभावितका लागि उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका छन्।

भट्टराईका अनुसार मनोरञ्जनसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले गीतको आम्दानी राहतमा समर्पण गर्ने निर्णय गरिएको हो। उनले सांगीतिक सिर्जनाबाट प्राप्त आम्दानीलाई सामाजिक सेवामा जोड्न सकियोस् भन्ने उद्देश्यले यस्तो पहल गरिएको बताए।

‘तीजको लहर’मा शब्द रोशनराज भट्टराई, गायिका एलिना चौहान र संगीत दिपकराज विश्वकर्माको रहेको छ। नेपाली तीजको मौलिकता र सांगीतिक भावनालाई समेटिएको गीत सार्वजनिक भइसकेको छ।

गीत एनओएम क्रिएसन (nomcreation)को च्यानलमा हेर्न सकिन्छ। गीतलाई डिजिटल प्लेटफर्ममा हेर्ने, सुन्ने तथा शेयर गर्ने दर्शक तथा श्रोताको सहभागिताले बाढीपीडितका लागि थप सहयोग जुटाउन मद्दत पुग्ने निर्माण पक्षको विश्वास छ।

गितको लिंक यहा छ : https://youtu.be/wYQ7UT0ia5c?si=5BnpPdTjG-DHkVNS