काठमाडौं – गएराति देशका पूर्वी र मध्य क्षेत्रमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो ६ घण्टामा मोरङको केराबारीमा सबैभन्दा धेरै ८३ मिलिमिटर र सिन्धुपाल्चोकको बाह्रबिसेमा ८० मिलिमिटर पानी परेको छ ।

यस्तै, झापा, मोरङ, सुनसरी,सिराहा, सिन्धुली, उदयपुर, गोरखा, कास्की, कपिलवस्तु र दाङमा ठूलो पानी परेको छ । तर हिजो दिउँसोदेखि भने देशका सबैजसो नदीमा पानीको बहाव कम भएको छ । अहिले कुनै पनि नदी र खोला सतर्कताको तहमा नपुगेका विभागले जनाएको छ ।

हिजोदेखि मनसुन विस्तारै निष्कृय हुन थालेको छ । अब देशका सबैजसो भूभागमा एकै पटक वर्षा कम हुने विभागको अनुमान छ । तर केही केही ठाउँमा भने ठूलो वर्षा पनि हुने सम्भावना छ ।