काठमाडौं – सुनको भाउ आज एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ ।
हिजो तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ पुगेको छ ।