काठमाडौं – टेलिभिजन पर्सनालिटी समेत रहेका सुरजसिंह ठकुरीले फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ । आफूले ५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेको जानकारी उनले दिएका छन् ।
प्रदीप शाहीले निर्देशन गर्न लागेको साइन्स-फिक्सन फिल्म ‘एक्लो’मा उनी ‘काल’ नामक भूमिकामा देखिँदैछन् । उनी पछिल्लोपटक ‘समर लभ’मा न्यारेटरको रोलमा देखिएका थिए ।
भदौदेखि छायांकन सुरु हुने यो फिल्ममा सुनिल थापा, विजय लामा, प्रदीप खड्का, बेनिशा हमाल, दीया पुन, कविता नेपाली लगायतको अभिनय रहनेछ ।
फिल्मले सन् २०३० मा महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको काल्पनिक कथा यसले पेश गर्ने । निर्देशक शाही निर्देशित पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ गतवर्ष रिलिज भएको थियो ।