काठमाडौं – अफगानिस्तानलाई नौ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

अफगानिस्ताले दिएको ५७ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले आठ ओभर पाँच बलमा एक विकेट मात्र गुमाएर भेट्टायो । उसका लागि रीजा हेन्ड्रिक्स र एडन मारक्रमले अविजितीय पारी खेल्दै टिमलाई जीत दिलाए । हेन्ड्रिक्सले २९ र मारक्रमले २३ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले एक विकेट लिए ।

यसअघि त्रिनिदादको ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११ ओभर पाँच बलमा ५६ रनमा अलआउट भयो । उसका लागि अजमातुल्लाह उमरजाईले १० रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् । अक्षिण अफ्रिकाका लागि मार्को जेन्सेन र तबरेज शम्सीले समान तीन विकेट लिए । यस्तै कागिसो रबाडा र एन्ड्ररिच नटराजले समान दुई विकेट लिए । एजेन्सी