काठमाडौं – काठमाडौंको कीर्तिपुरमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटहरूबाट ८९ लाख ८१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।













