काठमाडौं – सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन एक हजार आठ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।