काठमाडौं – ‘छक्कापञ्जा ५’को छायांकन आजदेखि सुरु हुँदैछ । निर्माताले बिहीवार पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् ।

फिल्म असोज २४ गते दशैंको फूलपातीको दिनबाट प्रर्दशनमा आउनेछ । फिल्मको शीर्ष अभिनेत्रीमा वर्षा सिवाकोटी तथा अभिनृता दीपकराज गिरी र केदार घिमिरे माग्ने बुढा हनेछन् ।

काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनसम्म फिल्मको छायांकन हुनेछ । यो फिल्म दीपकको आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।