काठमाडौं – ‘बाहुबली’का चर्चित अभिनेता सत्यराजले सलमान खानको ‘सिकन्दर’मा अभिनय गर्ने भएका छन् । यो फिल्ममा उनले भिलेनको भूमिका निर्वाह गर्न लागेका हुन् ।

सत्यराज ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिकामा थिए । अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गर्न लागिएको बताए । एआर मुरुगादासको निर्देशनमा बन्ने यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने पनि उनले जानकारी दिए ।

यस महिनाको सुरुमा निर्माताले फिल्मसँग सम्बन्धित अर्को महत्वपूर्ण घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्दानालाई कास्ट गरिएको घोषणा उनीहरुले गरेका थिए ।

यो फिल्मलाई ‘गजनी’ र ‘होलिडे’जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन् । फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।