जनकपुरधाम – नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको सिरोहियालाई पुनः म्याद थपको लागि जिल्ला अदालत धनुषामा पेश गर्न लागेको धनुषाका प्रहरी प्रवक्ताले जानकारी दिए ।

जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीनदिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको म्याद आज सकिँदैछ ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया नागरिकता दुरुपयोगको मुद्दामा मंगलबार पक्राउ परेका हुन् । उनलाई मंगलबारनै काठमाडौंबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो ।