काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुग्न आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् ।

इलिमिनेटरको यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यो खेलको विजेता टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा सनराईजर्स हैदराबादसँग खेल्नेछ ।

हिजो भएको खेलमा कोलकाता नाइट राइडर्ससँग हैदराबाद ८ विकेटले पराजित भएको थियो । कोलकाता फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरको खेल पर्सि शुक्रवार र फाइनल खेल आइतवार हुनेछ ।