काठमाडौं – पाकिस्तान र अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरसानले टी-२० वर्ल्ड कप क्रिकेटमा आक्रमण गर्ने धम्की दिएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

आयोजक वेष्ट इण्डिज क्रिकेटका अधिकारीले सुरक्षा अधिकारीहरुसँग मिलेर आवश्यक प्रबन्धका लागि काम गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार आतंकवादी संगठनले वेष्टइण्डिज सहितका देशहरुलाई भिडियो म्यासेज पठाएर आक्रमणको धम्की दिइएको छ ।

आईएस खोरसानको अफगानिस्तान-पाकिस्तान शाखाले नशीर-ए-पाकिस्तान च्यानलमार्फत् पनि एक भिडियो सार्वजनिक गर्दै हमलाको धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । नशीर-ए-पाकिस्तान इस्लामिक स्टेटसँग सम्बन्धित प्रोपोगाण्डा च्यानल हो ।