काठमाडौं – प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको रोमाञ्चक टिजर युट्युबमा सार्वजनिक गरेका छन् ।
फिल्मको शीर्ष भूमिकामा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फाजिलको अभिनय छ । टिजरमा पुष्पराजको उही जादू र श्रीवल्लीको उही शैली प्रस्तुत गरिएको छ । यसपटक यो दृश्य थप दमदार देखिन्छ ।
सुकुमार निर्देशित यो फिल्म सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा’को सिक्वेल हो । अघिल्लो भागमा रक्त चन्दनको तस्करीबीच पुष्पराज र श्रीवल्लीको प्रेमकथा देखाइएको थियो । केही पारिवारिक कथावस्तु पनि देखाइएको थियो ।
पहिलो भागको अन्तिम दृश्यमा पुष्पा–श्रीबल्लीको विवाह र त्यसअघि शेखावत ९फहद फाजिल० सँगको लडाइँ र भनाभन देखिएको थियो । सिक्वेलमा यो भनाभन बदलाको आगोमा परिणत हुने देखिन्छ ।
अल्लुले सोमबार आफ्नो ४२ औं जन्मदिन मनाउँदैछन् । यो विशेष अवसरमा टिजर रिलिज गर्ने योजना निर्माताले बनाएका थिए । ‘पुष्पा २ स् द रुल’मा रश्मिका, अल्लु अर्जुन, फहादसहित धनञ्जय, राव रमेश, सुनिल र अनसूया भारद्वाज पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।










