काठमाडौं – मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

विगत ५ दिनसम्म सुनको मूल्य ओरालो लागेको थियो । यसअघि बिहीबार १ लाख २५ हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार १ लाख २५ हजार ४ सयमा झरेको थियो । आइतबार १ लाख २५ हजार, सोमबार १ लाख २४ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १५२० रुपैयाँमा कारोबार भएको चाँदी आज १५२५ रुपैयाँ पुगेको छ ।