काठमाडौं – हास्य कलाकार जितु नेपालले आफूले होस्ट गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे जानकारी दिंदै उनले केही कारणले शो बन्द गर्नुपरेको उल्लेख गरेका छन् ।

यसबारे जितु नेपालले भने खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको कार्यक्रम निर्माणका लागि बन्द गर्नुपरेको बताएका छन् । ‘यति धेरै खर्च गरेर अहिलेको अवस्थामा शो चलाउनै कठिन देखियो । नयाँ पाराको कार्यक्रम पनि ल्याउनुपर्‍यो,’ उनले भने ।

पछिल्लो समय यो शोको तेस्रो सिजन प्रसारण भइरहेको थियो । तेस्रो सिजनसम्म १८४ भाग प्रसारण भएको उनले जानकारी दिए ।

जितुले तत्कालै एक फिचर फिल्म गर्दैछन् । त्यसपछि उनको लाइनअपमा दिनेश डीसीको अर्को फिल्म पनि छ । यसपछि टेलिभिजनमा फर्किने उनको तयारी छ । यसअघि २०७८ कात्तिकमा पनि उनले शो बन्द गरेका थिए ।