गोरखा – गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्वर ६ नयाँसाघुँका २७ बर्षीय मिलन थापा मगर रहेको प्रहरीले जनाएको छ ।

शनिवार राती करिव १० बजेको समयमा छेपेटार बारपाक सडकखण्डको भालुस्वाँरा नजिकै राजेश परियारले चलाएको बा ९१ प ४५८ नम्वरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार मगर घाइते भएका थिए । गोरखा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नीरिक्षक शेखर खड्काले बताए ।

मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र फरार रहेका चालक परियारको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।