काठमाडौं – प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला’ यतिबेला चर्चामा छ । वैशाख १ गते प्रदर्शन हुने यो फिल्मले ट्रेलरबाटै चर्चा बटुलेको छ । उक्त ट्रेलरमा नेपाली अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीलाई लिएर एउटा संवाद छ,

दयाहाङ : सीजी ग्रुप सुन्या छौ ? चाउचाउ बनाउँछ नि । यसले मलाई मासिक चार लाखको अफर गर्‍या थियो ।

माओत्से : तैंले किन खाइनस् त ?

दयाहाङ : चौधरी आफैं धनी छ, धनीमाथि धनी के बनौं ?

फिल्मको उक्त संवादलाई लिएर चौधरीले अभिनेता राईलाई कटाक्षसहितको प्रशंसा गरेका छन् । फेसबुकमा राईलाई ट्याग गर्दै चौधरी लेख्छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तै छ त दयाहाङजी, हैट ।’