काठमाडौं – पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव निकालिएको छ । एक जना भने अझै बेपत्ता छन् ।

माछा मार्न गएका पाँच जनामध्ये सोही महानगरपालिका-१ कसेरी बस्ने ४० वर्षका मंगा तामाङ्गको शव नं. २४ कालिका गण कास्कीको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले आइतबार राति निकालेको हो ।

उनको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

सोही ठाउँ बस्ने ४३ वर्षीय रक्सेस तामाङ्गको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ ।

माछा मार्न गएका अन्य तीन जना भने सकुशल छन् ।