सिड्नी – ‘रिबर्थ टूर’का लागि अष्ट्रेलिया पुगेका गायक नितेशजंग कुँवरले गायिका समृद्धि राईसँगको प्रेम सम्बन्धबारे स्पष्ट पारेका छन् । दुईजनाको सम्मानमा सिड्नीस्थित कोग्राको बैठक रेष्टुरेन्टमा मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा नितेशले भने, ‘उनीसँग विवाहको कुरा ठूलो रहेन । हामी त्यो भन्दा अगाडि बढिसकेका छौं । हामीबीचको सम्बन्ध, साथ र आत्मियता विवाहभन्दा ठूलो छ ।’

आफ्नो सांगीतिक यात्रा लड्खडाएको अवस्थामा समृद्धिले साथ दिएको र त्यो साथ विवाहभन्दा वजनदार र अर्थपूर्ण रहेको उनले बताए । सो अवसरमा नितेश र समृद्धिले फेब्रुअरी २३ मा सिड्नीको राउण्ड हाउस हलमा सांगीतिक प्रस्तुति दिने जनाइएको थियो ।