जनकपुरधाम – सिराहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव रहेका छन् ।

सरोज गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बस्ने सिराहा नगरपालिका ७ मा राम पुकार शर्माको घरमा पुगेर बादविवाद गरिरहेका थिए ।

प्रहरी पुगेर उनको शरीर खानतलासी गर्दा लुकाइराखेको कटुवा पेस्तोल बरामद भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।