काठमाडौं – पाँच वर्षपछि नेपाली लोकपप ब्याण्ड मंगोलियन हार्ट दक्षिण कोरियामा गुञ्जिने भएको छ । दश वर्षपछि गएको अप्रिलमा अष्ट्रेलिया गुञ्जाएको यो ब्याण्डले नेपाली समुदाय बहुल कोरियाली डायस्पोरामा प्रस्तुति दिन लागेको हो ।

आगामी शुक्रबार राजधानी सियोलको छोहरा ओगमास्थित डोंगदेमुनमा कन्सर्ट तय भएको ब्याण्ड व्यवस्थापक तथा गिटारिस्ट बबी लामाले जानकारी दिए । नेपाल-कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा हुने राजु लामा नेतृत्वको ब्याण्डले आफ्ना हिट गीतहरु गुञ्जाउनेछ ।

‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौं । त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौं,’ व्यवस्थापक लामाले बताए ।