काठमाडौं – अमेरिकाको लुइस्टन सहरमा एक बन्धुकधारीले कम्तिमा १६ जनाको हत्या गरेको छ ।

प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ । बीबीसीका अनुसार उनको साथमा हतियार छ र, उनी खतरनाक हुनसक्ने भएकाले मानिसहरुलाई घरभित्रै बस्न स्थानीय प्रशासनले अपील गरेको छ ।

घटनामा संग्लन भनिएका व्यक्ति हतियार प्रशिक्षक हुन्, जसले अमेरिकी सेनाबाट प्रशिक्षण पाएका छन् । उनले २०२३ मा मासिक स्वास्थ्य केन्द्रमा समय बिताएका थिए ।