हान्झाउ – नेपाली महिला भलिबल टोलीले चीनको हान्झाउमा जारी १९ औं एसियाडमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

सोमबार भएको समूह सी अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको छ ।

नेपाल दक्षिण कोरियासँग २५-२१, २५-१४, २५-११ ले पराजित भएको हो ।

दुबै खेलमा पराजित भएपछि नेपाल समूह चरणबाट अघि बढ्न सकेन ।

यसअघि शनिबार भियतनामसँग भएको खेलमा नेपालले ३–० ले पराजित भएको थियो ।

नेपाली महिला भलिबल टोलीले अब नवौंदेखि १२औं स्थानको लागि खेल्नेछ ।