काठमाडौं – आफ्नो आगामी फिल्म ‘डंकी’को प्रदर्शन स्थगित हुने चर्चाबीच अभिनेता शाहरुख खानले फिल्मको प्रदर्शन मितिबारे शनिबार मुम्बईमा कुरा गरेका छन् । पछिल्लो फिल्म ‘जवान’ फिल्मको सक्सेस पार्टीको क्रममा उनले आफ्नो फिल्म रिलिज हुने दिन ‘ईद’ हुने बताए ।

उनले आफ्नो अर्को फिल्म ‘डंकी’ यसै वर्ष क्रिसमस(नयाँ वर्षको बीचमा रिलिज हुन सक्ने बताए । फिल्मका निर्देशक राजकुमार हिरानी हुन् ।

अहिले फिल्मको रिलिज २०२४ मा हुने जनाइएको छ । केही दिन पहिला प्राइम भिडियोमा पठानको स्ट्रिमिङ सुरु भएको थियो । अहिले रिलिज भएको ‘जवान’ वर्षको अन्त्यसम्म ओटीटी प्लेटफर्ममा रिलिज हुनसक्ने अनुमान गरिएको छ । जसले गर्दा फिल्ममेकर ‘डंकी’का लागि नयाँ प्रदर्शन मितिको तयारीमा जुटेका थिए ।